Breaking News

कांग्रेस र एमालेका सांसदहरुलाई जनताको प्रश्न, ‘तपाईंहरुलाई देउवा र ओलीले माननीय बनाएको कि हामीले ?

मानिस जन्मिनु र मर्नु स्वभाविक प्रक्रिया नै हो । हाम्रो समाजमा बच्चा जन्मिँदा खुशीयाली मनाइन्छ भने मानिस मर्दा शोक मनाउँछौं । मानिस जन्मिएदेखि उसले नमर्नुञ्जेल गरेका काम सबैभन्दा महत्त्वपूर्ण हुन्छ । कोही व्यक्ति निकै गरिब परिवारमा जन्मिएर पनि आफ्नो छुट्टै पहिचान बनाई विश्वमा परिचित हुन्छ त कोही व्यक्ति धनी परिवारमा जन्मिएपनि उसले नराम्रो बाटो रोज्दा आफुसँगै आफ्नो परिवार पनि सकाउँछ ।

त्यसैले त मानिस गरिब भएर जन्मिनु तर गरिब भएर नमर्नु पनि भनिन्छ । गरिब भएर मरेपनि उसलाई राष्ट्रले चिन्नुपर्छ । जोकोही व्यक्ति पनि उसले गरेका राम्रा, नराम्रा कामले चिनिने हो । फरक यही छ कि कुनै नेता जनतालाई असाध्य मनपर्छ त कुनै नेता देख्न सक्दैनन् । नेपाली कांग्रेसका नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको अहिले पनि जनतामाझ चर्चा हुने गरेको छ ।

उनी पूर्वप्रधानमन्त्री समेत हुन् । प्रधानमन्त्री हुँदा केही नगरेका उनलाई अहिले जनता भट्टराईले प्रधानमन्त्री हुँदा केही नगरेको भनेर गुनासो गर्दै सम्झिन्छन् । वर्तमान सरकारमा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली प्रधानमन्त्री छन् । उनीमाथि झापाको गिरिबन्धु टु स्टेटको सरकारी जग्गा व्यक्तिको नाममा लगिएको आरोप छ ।

यता, कांग्रेस नेतृ तथा सभापति शेरबहादुर देउवाकी पत्नी आरजु रणा परराष्ट्रमन्त्री छिन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणाार्थी बनाएर अमेरिकामा बेचेको उनीमाथि गम्भीर आरोप छ । फेरि यीनै व्यक्तिहरु मुलुक चलाउने कुर्सीमा छन् । अहिले जनता भन्छन्, ‘आफैं काण्डैकाण्डमा मुसिएकाबाट देशको भलाई हुन्छ भनेर कसरी सोच्नु ? यो कल्पना पनि गर्न सकिँदैन ।’

ओली नेतृत्वको सरकारमा जनताबाट चुनिएर आएका व्यक्ति मन्त्री छैनन् । आरजु जनताबाट चुनिएर आएकी होइनन् । उनलाई कांग्रेसले समानुपातिक कोटाबाट सांसद र मन्त्री बनाएको हो । यता, यातायातमन्त्री देवेन्द्र दाहाल पनि जननिर्वाचित सांसद होइनन् । उनी ओलीका प्रिय व्यक्ति हुन् । त्यसैले, ओलीले मन्त्री बनाइदिए ।

समानुपातिक कोटाका सांसदले मन्त्री पड्काउँदा २०७९ मंसिर ४ गतेको निर्वाचनमा जनताबाट चुनिएर आएका काग्रेस, एमालेका योग्य व्यक्तिले भने मन्त्री पाएनन् । बुढोपाकाले भन्थे कि बोल्न सक्नेको पिठो पनि बोक्छ बोल्न नसक्नेको चामल पनि बिक्दैन । अहिले राजनीतिक दलहरुमा पनि यस्तै भएको छ ।

समानुपातिककी आरजुले देउवाको पत्नी भएकै कारण मन्त्री पाइनन् । ओलीको नजिकको व्यक्ति हुँदा देवेन्द्रले मन्त्री खाए । तर, जनताले भोट दिएर पिजताएर पठाएका कांग्रेस, एमालेका सांसदहरुले मन्त्री पाएनन् । अहिले जनता निराश भएका छन् । किनकि आफ्ले मतदान नगरेको व्यक्ति मन्त्री बनेका छन् ।

अनि भोट हालेर जिताएर पठाएका सांसदहरु भने सदनमा निदाएर बसेका छन् । आफुहरुले भोट हालेर जिताएका व्यक्ति पनि मन्त्री बन्न पाउँदैनन् रहेछ भन्ने जनताका मनमा परेको छ । मानव तस्करी जस्तो गम्भीर आरोप लागेकी आरजु परराष्ट्रमन्त्री बनेकी छन् । सरकारी जग्गा व्यक्तिको नाममा लगेर भ्रष्टाचार गरेको आरोप खेपिरहेका ओली प्रधानमन्त्री बनेका छन् ।

यता, जनताबाट चुनिएरै नआएका देवेन्द्र दाहा यातायातमन्त्री बनेका छन् । यसले जनतामा निराशा पैदा गरेको छ । आफुहरुले भोटै नगरेपनि हुने रहेछ भन्ने भाव जनतामा सिर्जना हुन थालेको छ । जनता भ्रष्टाचारलिाई कारबाही चाहन्छन् । चाँहे त्यो केपी ओली होस् या आरजु । तर, एमाले र कांग्रेसका सांसदहरु यो विषयमा केही बोल्न सक्दैनन् ।

यहाँ जसले जे गरेपनि भएको छ । लुट्न सके लुट कान्छा नेपालमै छ लुट भन्नै गीतझैं यसमा मेल समेत खान्छ । किनकि मानव तस्करी, भ्रष्टाचारजस्तो गम्भीर आरोव लागेका व्यक्तिहरु नै मुलुकको शक्तिशाली पदमा बसेर राज गरिरहेका
छन् । आफ्नो पार्टीका नेतृत्वले नराम्रो काम गरिरहँदा समेत विरोध गर्न नसक्नु जनताको भोटको अपमान हो ।

अब कांग्रेस, एमालेका सांसदहरुले पार्टीको नेतृत्व भएपनि गलत कामको विरोध गर्नैपर्छ । फेरि क्षणिकको स्वार्थका कारण जनताको भरोसा नै गुमाउनेछन् । कांग्रेस, एमालेबाट चुनाव जितेर आएका सांसदहरु सदनमा मरिचझैं च्याउरिएको देखिन्छ । उता, चुनाव नै नजितेका व्यक्तिहरु भने सदनमा मन्त्री बनेर आइरहेका छन् ।

नक्कली भुटार्नी शरणार्थीकै आरोपमा अहिले पनि एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझी जेलमा छन् । यही प्रकरणमा गृह मन्त्रालयलगायत विभिन्न सरकारी निकायका थुप्रा ठुला पदाधिकारी जेलमै छन् । यद्यपि, आरजु भने परराष्ट्रमन्त्री भएर सदनमा छिन् । सरकारी, सार्वजनिक जग्गा किर्ते गरी आफ्नो वा अरुको नाममा लगेको आरोपमा अहिले पनि धेरै जनता जेलमा छन् ।

तर, मन्त्रिपरिषद्मार्फत नै झापाको गिरिबन्धु टु स्टेटको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने निर्णय केपी ओली अहिले झण्डावाला गाडी चढेर सदनमा आइपुग्छन् । हामी सर्वसाधारणलाई गल्ती नै नगरेपनि प्रहरीले पक्रेर लग्छ अनि मुद्दा चलाउँछ ।

विडम्बना, मानव तस्करी र भ्रष्टाचारजस्तो गम्भीर आरोप लागेपनि उनीहरुलाई प्रहरीले छुन समेत सक्दैन । अहिले कांग्रेस, एमालेभित्र पनि राम्रा नेता तथा सांसद छन् । तर, उनीहरुले मन्त्री पाएनन् । त्यसैले, अब यसविरुद्ध उनीहरुले बाृेल्न थाल्नुपर्छ । आफ्नो हकअधिकारका लागि आफैं लड्नुपर्छ । कि कांग्रेस, एमालेका सांसदसँग मन्त्री बन्न सक्ने क्षमता नभएको ?

हामी योग्य व्यक्तिलाई मन्त्री नदिने, यस्ता दाग लागेको व्यक्तिलाई मन्त्री बनाउने भनेर सदन घेर्नुपर्दैन कांग्रेस, एमालेका माननीयज्यूहरु ? तपाईहरुलाई जनताले मतदान गरेर माननीय बनाएको हो । देउवा, ओलीले बनाएका होइनन् । जनताले घामपानी नभनी घण्टौं हिँडेर तपाईँहरुलाई मतदान गरेका हुन् । अनि तपाईँहरु देउवा र ओलीको विरोध गर्न नसक्ने ?
जनताको हितमा बोल्न पनि नसक्ने ? कस्तो सांस हुनुहुन्छ तपाईँहरु ? अहिले तपाईंहरुको मूल्यांकन जनताले गरिरहेका छन् माननीयज्यूहरु । त्यसैले, अब तपाईँहरु जनताको सांसद हो भने देउवा र ओलीको विरोध गर्न सक्नुपर्छ । नभए अर्को निर्वाचनमा तपाईंहरुको पनि हालत नराम्रो हुनृेछ । पूर्वसांसद समेत रहेका गोल्छे सार्कीको मृत्यु भइसकेको छ ।

उनको निधन भएको डेढ दशक नै भइसक्यो । तर, जनता अहिले पनि उनलाई सम्झिन्छन् । भन्छन्, ‘उनी निकै आटिँलो नेता र सांसद हुन् । त्यतिखेर तत्कालिन सभामुख रामचन्द्र पौडेललाई जुत्ताले हानेका थिए ।’ अहिलेका सांसदहरुलाई जनता प्रश्न गर्छन्, ‘तपाईँहरु माननीयको लोगो लगाउन र तलबभत्ता तथा सरकारी गाडी चढ्न मात्र सांसद बन्नुभएको हो ?’
कुनै जिल्लाबाट चुनाव जितेर आएको व्यक्तिले भने एक पटक पनि मन्त्री नपाउने । अनि कुनैले भने पटकपटक मन्त्री पाउने ! एमालेका विष्णु पौडेल बारम्बार मन्त्री बनिसकेका छन् । अहिले पनि उनी अर्थमन्त्री बनेका छन् । यता, कांग्रेसमा पनि यस्तै छ । एउटै व्यक्ति मात्र मन्त्री बनिरहेको देखिन्छ । त्यसैले, अब कांग्रेस, एमालेका सांसदहरुले कि त हाम्रो क्षमता हुँदाहुँदै पसन पार्टीले हामीलाई मन्त्री दिएन वा हामीसँग मन्त्री बन्ने क्षमता नै छैन भनेर सदन र जनतालाई भन्नुपर्छ ।

शेरबहादुर देउवा, केपी ओली, माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल यसअघि पनि पटकपटक प्रधानमन्त्री बनिसकेका व्यक्ति हुन् । त्यसैले, यीमध्ये कोही पनि प्रधानमन्त्री बनेमा जनता खुशी हुँदैनन् । किनकि यसअघि नै यीनीहरुले प्रधानमन्त्री हुँदा गरेका काम वा कर्तुत जनतालाई अझै स्मरण छ ।

अहिले जननिर्वाचित प्रधानमन्त्री हुने व्यवस्था भएमा कि त काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बन्ने छन् त कि बाबुराम भट्टराई । विष्णु पौडेल अर्थमन्त्री हुनासाथ सेयर दलालीहरुको ठगीधन्दा शुर भएको
छ । बैंकले सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर २६ सयमा बेचेर सर्वसाधारण ठगीरहेका छन् ।

विष्णु पौडेल अर्थमन्त्री हुनुञ्जेल त सेयरको मूल्य बढ्ला तर उनी अर्थमन्त्रीबाट हट्नासाथ सेयरको मूल्य घट्ने पक्कै छ । त्यतिखेर अहिले महंगोमा सेयर किनेका जनता डुब्नृेछन् । त्यसैले, अब जनताले पनि सोचविचार गरेर मात्र लगानी
गर्नुपर्छ । जनता पनि सचेत हुनुपर्छ र जनताबाट चुनिएर आएका जनप्रतिनिधिहरु पनि मुखमा बुझो लगाएर नबसौं ।

रुषा थापा