Breaking News

बाढी, पहिरोले हालसम्म १ सय २० जनाको मृत्यु

काठमाडौँ । बर्षा लागेसँगै अविरल वर्षाको कारण देशका विभिन्न ठाउँमा आएको बाढी, पहिरोले हालसम्म १ सय २० जनाको मृत्यु भइसकेको छ । काठमाडौँ उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा ५ जना, बागमती प्रदेशमा १५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी जम्मा १ सय २० जनाको मृत्यु भएको छ ।

त्यस्तै बाढी पहिरोबाट काठमाडौँ उपत्यकामा ८ जना, कोशी प्रदेशमा ३४ जना, मधेस प्रदेशमा ९ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा २९ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ३५ जना घाइते भएका छन् । त्यस्तै कयौं जना घाइते र केही जना बेपत्ता भएका छन् ।

बाढी पहिरो बाटै हालसम्म १ सय ८२ घर डुबानमा परेका छन् । २ सय १३ वटा घर, ७९ वटा गोठ, ४३ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ५ सय ८१ वटा पशु चौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट ३ हजार ६ सय ५२ घर परिवार विस्थापित भएका छन् ।