Breaking News

केपी शर्मा ओलीलाई राष्ट्रपतिले संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीको नियुक्ति र शपथ गराएपछि त्यस विरुद्ध सर्वोच्च अदालतमा रिट दायर

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत गुमाएपछि काँग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा आलीलाई राष्ट्रपतिले संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीको नियुक्ति र शपथ गराएपछि त्यस विरुद्ध सर्वोच्च अदालतमा आज रिट दायर भएको छ ।

खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ बदरको माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।

रिट निवेदकले संविधानको धारा ७६(२) अनुसारको प्रधानमन्त्री नियुक्ति बदर गर्दै ३ अनुसार नयाँ नियुक्ति गर्न माग गरेका छन् ।

राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संसद् सचिवालय र प्रतिनिधिसभालाई विपक्षी बनाएर रिट दर्ता भएको अधिवक्ता यज्ञमणि न्यौपानेले जानकारी दिए ।