Breaking News

“सुरक्षित गर्भपतन सेवा” को नाममा बालबालिका बेचबिखन गर्ने महतोका काला कर्तुतको थप खुलासा

काठमाडौं। सुन्दै अचम्म लाग्ने घटना काठमाडौंको कलंकी चोकमा सुरक्षित गर्भपतन सेवा भन्दै बालबालिका बेचबिखन गर्ने गरेको खुलासा भएको छ। बालबालिका बेचबिखनमा संलग्न रहेका रामसुन्दर महतो समाचार प्रकाशित भएपछि आफ्ना कर्तुहरू लुकाउन विभिन्न शक्ति केन्द्रदेखि गुन्डासम्मलाइ बचाइ दिन हारगुहारमा लागेको स्रोतले बतायो। यो आम नागरिकको चासोको विषय बनेको छ। यस्तै चासो युक्त अपराध पूर्ण कार्य नेपालकै संघीय राजधानी काठमाडौंमै दिनदहाडै हुनुले बालबालिका असुरक्षि रहेको एक जना अभिभावकले बताएका छन्। काठमाडौंमै दिनदहाडै बालबालिका बेचबिखन गर्नुले प्रहरी प्रशासनमाथि पनि प्रश्न खडा भएको छ।

समाचार प्रकाशित भएको यतिका दिनसम्म पनि आरोपित प्रहरीको अनुसन्धानको घेरामा नआउनुले शंका उत्पन गरेको छ। यस्तो गम्भीर कुरामा समाचार प्रकाशित भएपनि प्रहरीले चासो नदेखाउनुले के प्रशासनको यस्तै ढिला सुस्तिले सर्वसाधारणले के न्याय पाएका होलान त भन्ने प्रश्न उठ्नु स्वाभिक जस्तै भएको छ।

काठमाडौं  जिल्लाकै मुटु मानिने कलंकी चोकमै “नव जन सेवा सुरक्षित गर्भपतन सेवा”को नाममा बाल(बालिकाको बेचबिखन गर्दै आएका रामसुन्दर महतोले गरीब किशोरीहरुलाई आर्थिक प्रलोभन दिंदै उनिहरुबाट जन्मिएका शिशुहरुलाई बिक्री गर्दै राज्यलाईनै चुनौती दिएका छन्।

महतोले असाध्यै आर्थिक कमजोरी भएका किशोरी तथा महिलाबाट जन्मिएका बालबालिका बेचबिखन गरी दिन दुईगुणा रात चारगुणाको गणितीय हिसाबले जोड गर्दै भक्तपुरको सानो ठिमीमा भव्य आलिशान महल बनाईको बुझिएको छ।

गरीब किशोरीहरुबाट जन्मिएका बच्चाहरूलाई बेचबिखन गर्दै महतोले मदिरा र युवतीहरूसँग झुम्ने गरेको समेत गर्ने गरेको स्रोतको दाबी छ। यतिमात्र नभई महतोले रोमान्स गर्ने क्रममा काठमाडौंको बौद्धको हेभन मेक हेल्थ स्पामा ह्यापीईन्डीङ गर्न जाने गरेको समेत बताइएको छ।

बालबालिका बेच्ने धन्दागरी रहेका मानव तस्करको नामले कलंकी चोकमा चिनिने रामसुन्दर महत्तोले गरेका काला कर्तुत बारे विभिन्न मिडियामा समाचार प्रकाशित भएपछी उनका सपरिवार “नव जन सेवा सुरक्षित गर्भपतन सेवा” नामक बालबालिका बेचबिखन गर्ने कारखाना बन्द गरी हाल फरार भएका छन्।

अझ उदेक लाग्ने कुरा के छ भने महतोका श्रीमती स्वास्थ सेवामा कार्यरत नर्स पनि हुन। काठमाडौंको एक नाम चलेको हस्पिटलमा काम गर्दै आएकी उनी पैसा कमाउने महतोको अखडामा पुगेक‍ो बुझिन्छ। अविवाहित उनी महतोको मायाजालका साथ झुट्टा आश्वासनमा फसी केहीवर्ष अगाडी मात्र विवाह बन्धनमा बाँधिएको महत‍ोकी श्रीमतीले बताएकी छिन्।

हाल फरार रहेका रामसुन्दर दम्पतीले उनिहरुका विषयमा विभिन्न सञ्चार माध्यमा समाचार प्रकाशित भएपछि समाचार प्रकाशित गर्ने मिडियालाई फोन गर्दै आफू तराई रहेको बताउँदै समाचार रोक्न आग्रह गरेका छन् भने अरु विभिन्न सञ्चार माध्यममा आएको समाचारको विषयमा नाटकिए ढङ्गले अनबिज्ञता जनाउदै छन्।  यतिमात्र नभई महतोले आफ्नो सम्बन्ध तराई मुलका केही नेताहरु सँग घनिष्ट रहेको भन्दै समाचार प्रकाशित गर्ने पत्रकारलाई ठाँउको ठाउँ ठिकपार्ने सम्मको धम्की दिन भ्याएका छन्।

तर राम सुन्दर महतोले गरेका यस्ता जघन्य अपराध जस्ता कार्यको नेपाल प्रहरीले सुक्ष्म अनुसन्धान गरीरहेको बताईन्छ। शक्ति र सत्ताको आडमा गैरकानुनी एवम् मानव बेचबिखन गर्नेलाई कडा कार्वाही हुने नेपाल प्रहरीका प्रबक्ता डिआईजी दानबहादुर कार्कीको भनाई छ।

विभिन्न समाचार माध्यममा समाचार प्रकाशित भएपछि यता महतो सपरीवार फरार छन् भने उता नेपाल प्रहरीको ठुलाअपराध हेर्ने अपराध महाशाखाले कान ठाडो पारेको अबस्था छ। यस्तै विभिन्न समाचार माध्यममा समाचार प्रकाशित भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआईबीले समेत महतोको विषयमा चासो राखेको
बुझिएको छ।

विकास श्रेष्ठ