Breaking News

पोखरा सहेलापाटामा पहिरोले घर पुरिँदा एक युवकको मृत्यु

२६ असार, काठमाडौं । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २७ सहेलापाटामा पहिरोले घर पुरिँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कमला थापाकी २२ वर्षीय छोरा भिमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कमलालाई भने प्रहरीले सकुशल उद्धार गरेको छ ।

आज बिहान करिब ४ बजेतिर घरमाथि पहिरो खस्दा उनीहरु पुरिएका थिए । इलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरीले उनीहरुलाई ७ बजेतिर उद्धार गरेको थियो ।