Breaking News

खेताला शिक्षक राख्ने  पौडेलको दादागिरी  : राष्ट्रपतिको नातेदार भएको दावी  

काठमाडौँ ।   श्रमजित किशोर माबि लुखुशी ललितपुरमा माबी तृतीय श्रेणीका बिज्ञान शिक्षक   राजेन्द्रराज पौडेलले खेताला  शिक्षक   अशोक यादबलाई  राखी बर्षौ देखि अबैध तवरले तलब खादै आएका छन ।   ललितपुर  महानगरपालिकाका शिक्षा महाशाखा  प्रमुख महेन्द्रबहादुर क्षेत्रीका बिस्वास पात्र पौडेलले  खेताला शिक्षक राखेको बिषय सार्वजनिक भएपछि बिभिन्न शक्ति केन्द्र धाउन सुरु गरेका छन।  उनले वर्तामान राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो नातेदार भएको बताउदै आफुलाई खेताला शिक्षक राख्नवाट कसैले रोक्न नसक्ने भन्दै बिद्यालयका प्रधानाध्यापक , व्यवस्थापन समितिका सदस्य र शिक्षकलाई धक्याउदै आएको बिद्यालय व्यवस्थापन समितिका एक  सदस्यले बताए ।  ति सदस्यका अनुसार बिज्ञान शिक्षक   राजेन्द्रराज पौडेलले  आफ्नो कमजोरी सुधार्नु भन्दा पनि आफ्नो राजनतिक शक्ति देखाएर बिद्यालयलाई अस्तव्यस्त बनाउन लागि परेका छन।  खेताला शिक्षक शिक्षक  राखेर तलब खादै आएका  पौडेलले   उक्त बिषय बाहिरीए  पछि  विद्यालयको अध्यापन तालिका (रुटिन)मा  आफ्नो नाम समाबेश गर्न लगाएका  छन,  तर उनि बिद्यालयमा अपढ़ाई लुसुक्क हाजिर गरेर भाग्ने गरेका छन। जसको पुष्टि बिद्यालयमा राखिएको सिसि क्यामराको रेकर्ड हेरे र बिध्यर्थिहरुसग सामान्य सोधपुछ गर्दा हुन्छ।

यसरी , बिज्ञान शिक्षक   राजेन्द्रराज पौडेललाई खेताला शिक्षक राख्दा समेत उमुक्ति दिएपछि बिद्यार्थी  र   शिक्षकहरु आक्रोसित भएका छन ।  भने बिद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक पौडेललाई कारबाही गर्न डराई रहेका छन। यसरी , हाक्काहाक्की राजनीतिक शक्तिको दुरुपययोग गर्ने शिक्षकलाई कारबाहीमा ल्याउन आफुले सक्दो प्रयास गर्ने बताउदै उनले यसमा सबैको सहयोगको अपेक्षा गरेको समेत बताए।

समर्निय छ , श्रमजित किशोर माबि लुखुशी ललितपुरका एक  निवर्तमान शिक्षकले माननीय शिक्षा  मन्त्री सुमना श्रेष्ठलाई हुलाकमार्फत   पत्र पठाउदै बिज्ञान शिक्षक   राजेन्द्रराज पौडेलले खेताला  शिक्षक राखेको  खुलाशा गरेका थिए ।  उनले  मन्त्री सुमना श्रेष्ठलाई पत्रसंगै    श्रमजित किशोर माबि लुखुशी ललितपुरमा माबी तृतीय श्रेणीका बिज्ञान शिक्षक श्री राजेन्द्र राज पौडेलले खेताला  शिक्षक राखेको र   पौडेलको  विद्यालयको अध्यापन तालिका (रुटिन)मा समेत पठाएका थिए ।
उनले माननीय शिक्षा  मन्त्री सुमना श्रेष्ठलाई हुलाकमार्फत एक पत्र पठाएको पत्रमा    श्रमजित किशोर माबि लुखुशी ललितपुरमा माबी तृतीय श्रेणीका बिज्ञान शिक्षक श्री राजेन्द्र राज पौडेलले खेताला  शिक्षक  राखी बर्षौ देखि  नियम बिपरित कार्य गर्दै  आएकोले उनलाई नियम बमोजिम कारबाही गरि गर्न माग गरेका छन।    बिज्ञान शिक्षक श्री राजेन्द्र राज पौडेलको  विद्यालयको अध्यापन तालिका (रुटिन)मा  नाम समेत नभएकोले प्रमाण स्वरुप सो रुटिन पनि पेस गरेको बताएका छन  ।

उजुरी कर्ता निवर्तमान शिक्षकका अनुसार निज  राजेन्द्र राज पौडेल एक विद्यालयको प्रधानाध्यापक हुँदा भ्रस्ट्टाचारको आरोपमा कारवाही परेपछि श्रमजित किशोर माबि लुखुशी ललितपुरमा सरुवा भएका थिए ।   उनलाई ललितपुर उपमहानगर पालिकाका शिक्षा महाशाखा  प्रमुख महेन्द्रबहादुर क्षेत्रीको संरक्षण रहेको छ।  खेताला शिक्षक राखेर तलव खाने शिक्षक  राजेन्द्र राज पौडेल  ललितपुर उपमहानगर पालिकाका शिक्षा महाशाखा  प्रमुख महेन्द्रबहादुर क्षेत्रीको बिस्वासिला पात्र हुन्।  महाशाखा  प्रमुख महेन्द्रबहादुर क्षेत्रीले पौडेलमार्फत नै शिक्षक सरुवा र नियुक्तिमा अनियमित तवरले रकम उठाउने गरेका छन ।  यस बिषयमा बिगतमा शिक्षा मन्त्रालयलागायत बिभिन्न निकायमा उजुरी पर्दा समेत  महाशाखा  प्रमुख महेन्द्रबहादुर क्षेत्रीले शिक्षक पौडेललाई बचाउदै आएका छन।  त्यसैले शिक्षा  मन्त्री सुमना श्रेष्ठलाई हुलाकमार्फत  पत्र पठाउनु परेको उनले बताए।

अशोक भण्डारी