Breaking News

बेलायतका नवनिर्वाचित प्रधानमन्त्री कियर स्टार्मरले आफ्नो मन्त्रिपरिषद् गठन

लन्डन । बेलायतका नवनिर्वाचित प्रधानमन्त्री कियर स्टार्मरले आफ्नो मन्त्रिपरिषद् गठन गरेका छन् । उनको सरकारमा एन्जेला रेनरलाई उपप्रधानमन्त्री बनाइएको छ ।

त्यस्तै रेचल रिभ्सलाई अर्थमन्त्री नियुक्त गरिएको छ । रिभ्स बेलायतको पहिलो महिला अर्थमन्त्री हुन्। परराष्ट्र मन्त्रालयको जिम्मेवारी डेभिड लेमीलाई दिइएको छ भने यभेट कुपरलाई गृहमन्त्री बनाइएको छ ।
यसैगरी जोन हेलीलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ । शबाना महमूदलाई न्यायमन्त्री बनाइएको छ । बेलायतमा १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किएको हो ।
यो जितपछि स्टार्मरले भने, ‘तपाईंले यसको लागि प्रचार गर्नुभयो। तपाईंले यसको लागि लड्नुभयो। तपाईंले भोट गर्नुभयो र अब समय आएको छ। परिवर्तन यहाँबाट सुरु हुन्छ। र इमानदारीपूर्वक भन्नुपर्दा मलाई धेरै राम्रो लाग्छ। लेबर पार्टी आजको दिनको लागि परिवर्तनका साथ देश सेवा गर्न तयार छ।’  पराजयपछि पूर्वप्रधानमन्त्री ऋषि सुनकले राष्ट्रका नाममा सम्बोधन गर्दै हारको जिम्मेवारी लिएका थिए ।

एजेन्सी