Breaking News

इक्वेडरलाई हराउँदै साबिक विजेता अर्जेन्टिना सेमिफाइनल प्रवेश

काठमाडौँ । कोपा अमेरिका–२०२४ अन्तर्गत आज भएको क्वार्टरफाइनल खेलमा इक्वेडरलाई हराउँदै साबिक विजेता अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको छ ।

अमेरिकाको एनआरजी रङ्गशालामा भएको खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल  पेनाल्टी सुटआउटमा गएको थियो ।
खेलमा अर्जेन्टिनाले अग्रता बनाए पनि त्यसलाई जोगाउन भने सकेन । ३५ औँ मिनेटमा अर्जेन्टिनाका लौटारो मार्टिनेजले गोल गर्दै टिमलाई अग्रतामा राखेका थिए‌ ।

तर, इन्जुरी समयको पहिलो मिनेटमा इक्वेडर खेलमा फर्किएको थियो । इक्वेडरका केबिन रोड्रिगेजले इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै टिमलाई बराबरीमा फर्काएका हुन् । पेनाल्टीमा इक्वेडरलाई ४–२ गोलअन्तरले हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको हो ।