Breaking News

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले केहीबेरमा राजीनामा दिँदै

२० असार, काठमाडौं । नेकपा (एमाले) ले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले केहीबेरमा राजीनामा दिँदै छन् । प्रधानमन्त्री प्रचण्डलाई भेटेर मन्त्रीहरुले राजीनामा बुझाउने तयारी रहेको छ।

सत्तासाझेदार एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरुले पनि सामूहिक राजीनामा बुझाएपछि सरकार अल्पमतमा परेपछि रास्वपाका मन्त्रीले पनि राजीनामा दिन लागेको बुझिएको छ ।