Breaking News

मध्यरातमा एमालेसँग नयाँ सरकार गठन गर्ने सहमति पछि देउवाले पदाधिकारी बैठक डाके

काठमाडौँ । कांग्रेस सभापति देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । सोमबार मध्यरातमा नेकपा एमालेसँग नयाँ सरकार गठन गर्ने सहमति गरेसँगै देउवाले पदाधिकारीहरूलाई छलफलका लागि डाकेका हुन् ।

भानु देउवाका अनुसार बैठक मंगलबार बिहान ९ बजे देउवा निवास बूढानीलकण्ठमा बस्नेछ । एमाले र कांग्रेसबिच पहिलो चरणमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । सहमतिअनुसार दोस्रो कार्यकाल देउवाको नेतृत्वमा सरकार गठन हुनेछ ।