Breaking News

गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु

१५ असार, गुल्मी । गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।

जिल्लाको मालिका गाउँपालिका– ६ अर्जै कँडेलपाटाका भेषबहादुर बिकको घर पहिरोले पुर्दा भेषबहादुर, उनकी श्रीमती, जेठी बुहारी र दुई नातिनीको मृत्यु भएको हो ।

भेषबहादुरका तीन छोरा यतिबेला रोजगारका लागि भारतमा छन् । यता उनीहरुको घरपरिवार नै सखाप भएको छ ।
पहिरोले घर पुर्दा घरमा रहेका ५५ वर्षीय भेषबहादुर, उनकी श्रीमती ४८ वर्षीया सुन्तली बिक, २६ वर्षीया बुहारी सीता बिक, नातिनी आठ वर्षीया सपना र आठ महिनाकी बिपना बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।

घरमाथिबाट ढुंगा, माटोसहितको पहिरोले ढुङ्गा माटोले बनेको र जस्तापाताले छाएको दुई तले घर पुरेको हो । २ तले टिनले छाएको घर पुरेको हो ।