Breaking News

देशका विभिन्न भूभागमा भारी वर्षा र बाढीको जोखिम बढेकोले ३२ स्थानमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ ।  बुधवार देशका विभिन्न भूभागमा भारी वर्षा र बाढीको जोखिम बढेकोले ३२ स्थानमा सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहान ११ बजेसम्म राष्ट्रिय विपद् जोखिम व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरणले जारी गरेको सतर्कता अनुसार यी ठाउँहरूमा भारी वर्षा भइरहेको सतर्कता अपनाउन भनिएको छ ।

माडी–चितवन

नेचासल्यान–सोलुखुम्बु

रैनादेवी छहरा–७ पाल्पा

चौदण्डीगढी–५, उदयपुर

शिवसताक्षी–१०, झापा

कचनाकवल–४, झापा

लहान–१५, सिरहा

बेसीशहर–१०, लमजुङ

पोखरा लेखनाथ–१४, कास्की

बेसीशहर–१०, लमजुङ

धरान–१५, सुनसरी

सुन्दरहरैँचा–१, मोरङ

विर्तामोड–५, झापा

बेलका–८, उदयपुर

यस्तै दुहवी–३ सुनसरीमा बाढीको जोखिम रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ । मौसम पूर्वानुमान शाखाका अनुसार बिहान ८ः ४५ बजेसम्मको आँकडा अनुसार सबैभन्दा धेरै विराटनगरमा ३६१ मिलिमिटर, पोखरामा १४० दशमलव ९ मिलिमिटर वर्षा भएको छ ।

त्यसपछि ओखलढुङ्गामा ५४ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । ताप्लेजुङमा ३१ दशमलव ८ मिलिमिटर, धनकुटामा ६ दशमलव ८ मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा ४ दशमलव ४ मिलिमिटर, धनगढीमा ६ दशमलव ८ मिलिमिटर वर्षा भएको छ । अन्य स्थानमा छिटपुट रूपमा वर्षा भएको छ ।