Breaking News

ललितपुरको छेडामा एक जनामाथि खुकुरी प्रहार : मेडिसिटी अस्पताल उपचार हुँदै

ललितपुरमा एक जनामाथि खुकुरी प्रहार भएको छ। ललितपुर महानगरपालिका–९ छेडामा ४० वर्षीय मनोज कुमार बानियाँमाथि आज दिउँसो १२ः४५ बजे खुकुरी प्रहार भएको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार छेडामा बतासे कटेज सञ्चालनका लागि संरचना निर्माण गर्दै गरेको अवस्थामा उनीमाथि एक समूहले खुकुरी प्रहार गरेको हो।

बानियाँ केही महिना अघि मात्रै विदेशबाट आएका थिए।

कटेज निर्माण भइरहेको थियो। रंगरोगनको काम चलिरहँदा उनी एक्लै भएको बेला उनीमाथि खुकुरी प्रहार भएको हो । प्रहरी सोतका अनुसार केही दिनअघि एक समूहसँग बानियाँको विवाद भएको थियो। ‍

बानियाँका साथीहरू खाना खान गएको बेलामा उनीमाथि खुकुरी प्रहार भएको हो । उनको हात र पछाडिको भागमा खुकुरी प्रहार भएको छ।

उनलाई उपचारका लागि मेडिसिटी अस्पताल पुर्‍याइएको छ।

एसपी सुवेदीका अनुसार खुकुरी प्रहार गर्नेको पहिचान भइसकेको छैन।