Breaking News

भवनभित्रै प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला

५ असार, काठमाडौं । संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान संसद भवनभित्रै गोली लागेको अवस्थामा मृत फेला परेका छन् । प्रहरी जवान दोलखाका अजित गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत फेला परेका हुन् ।

स्रोतका अनुसार उनी आफैंले आफैंलाई गोली हानेका हुन् । संसद सचिवालयका प्रवक्ता एकराम गिरीले पनि उनले गोली हानेर आत्महत्या गरेको बताए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।