Breaking News

कावासोतीमा ढल निर्माणका क्रममा पुरिएर दुई मजदुरको मृत्यु एकजनाको खोजी कार्य जारी

नवलपरासी । पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा ढल निर्माणका क्रममा पुरिएर दुई मजदुरको मृत्यु भएको
छ । एकजनाको खोजी कार्य जारी छ ।

ढल निकासका लागि खाडल खन्ने क्रममा माटोले पुरिएका मजदुरको उपचारका क्रममा जिल्ला अस्पताल मध्यविन्दुमा मृत्यु भएको प्रहरीले जनाएको छ । एक मजदुरको खोजी कार्य जारी छ ।

करिब ८ फिट गहिरो ढल खनेको ठाउँमा माथि थुपारेको माटो खसेर मजदुर पुरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए । मृत्यु हुनेको परिचय खुलेको छैन ।