Breaking News

पूर्वन्यायाधीश भुवन गिरीलाई जबरजस्ती करणीमा ७ वर्ष कैद ३ लाख क्षतिपूर्ति भराउने फैसला

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वन्यायाधीश भुवन गिरीलाई जबरजस्ती करणीमा दोषी ठहर गरेको छ। न्यायाधीश दुर्गा भुसालको इजलासले गिरीलाई पूर्वश्रीमतीको सहमति बेगर शारीरिक सम्पर्क राखेको ठहर गर्दै ७ वर्ष कैद सजाय सुनाएको हो । जिल्लाले उनलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि सुनाएको छ।

जरिवानाको रूपमा सुनाएको उक्त रकम पीडितले पाउने छिन् ।

जिल्लाले यसअघि उनलाई जेठ १३ गते दोषी ठहर गरेको थियो । उक्त फैसलाको आइतबार सजाय निर्धारण गर्दै कैद र जरिवाना तोकेको हो ।

उनी सर्वोच्च अदालतको आदेशले यसअघि नै थुनामा रहेका छन् ।

सम्बन्ध विच्छेदपछि पनि पूर्वश्रीमतीलाई सहमति विना शारीरिक सम्बन्ध राखेको भन्दै उनीविरुद्ध मुद्दा दायर भएको थियो। जिल्लाले फौजदारी अभियोगमा दोषी ठहर गरेपछि उनले न्यायाधीश पदसमेत गुमाइसकेका छन् ।