Breaking News

प्रधानमन्त्री ‘प्रचण्ड’ भारतको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किए

काठमाडौं । प्रधानमन्त्री ‘प्रचण्ड’ भारतको औपचारिक भ्रमण सम्पन्न गरी आज साँझ स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, सांसद, सुरक्षा निकायका प्रमुख तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारी लगायतले स्वागत गरेका थिए । प्रधानमन्त्री ‘प्रचण्ड’ को स्वागतमा नेपाली सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

प्रधानमन्त्री ‘प्रचण्ड’ भारतीय समकक्षी नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा सरिक हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार अपराह्न नयाँदिल्ली प्रस्थान गरेका थिए । उनी नयाँदिल्लीस्थित भारतको राष्ट्रपति भवनमा आइतबार साँझ आयोजित प्रधानमन्त्री मोदीको शपथग्रहणसम्बन्धी विशेष समारोह र रात्रिभोजमा सरिक भएका थिए ।

शपथग्रहण समारोहपश्चात् प्रधानमन्त्री ‘प्रचण्ड’ र समकक्षी मोदीबीच संक्षिप्त भेटवार्ता भएको थियो । प्रधानमन्त्री दाहालले आज भारतका राष्ट्रपति द्रोपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।