६ दिनमै कोरोनालाई जितिन ४२ बर्षे महिलाले

१६ जेठ, काठमाडौं । कोरोनाको सङ्क्रमण भएपछि पाटन अस्पतालमा उपचार गराइरहेकी भक्तपुर नगरपालिका–९ की ४२ वर्षीया महिला जनप्रतिनिधि ६ दिनमै कोरोनामुक्त भएर घर फर्किएकी छन् ।

यही जेठ ६ गते भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंमा गरिएको स्वाब सङ्कलनपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा ९ गते राती आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि उनलाई १० गते बिहान उपचारका लागि ललितपुरको पाटन अस्पतालको कोभिड आईसीयू ब्लकमा भर्ना गरिएको थियो ।

अस्पतालमा १४ र १५ गते पुनः गरिएको कोरोना परीक्षणको रिपोर्टमा नेगेटिभ आएपछि उनलाई बिहीबार साँझ डिस्चार्ज गरिएको छ ।

हाल उनी च्यामासिंस्थित घर फर्किसकेकी छिन् ।

वडा महिला सदस्यलाई कोरोना पुष्टि भएपछि भक्तपुर नगरले जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीलगायत १६८ जनाको पिसीआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको थियो ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि सिल गरिएको महिला जनप्रनिधिको वस्ती यसअघि नै सिल हटाइसकिएको छ ।

(रासस)