Breaking News

चुरे संरक्षणको माग गर्दै काठमाडौं आएकाहरूले माइतीघरमा धर्ना

चुरे संरक्षणको माग गर्दै काठमाडौं आएकाहरूले माइतीघरमा धर्ना दिएका छन्।

चुरे आसपासका जनताले पानी नपाएको पीडा सुनाउन उनीहरू रित्ता बाल्टिन् बोकेर सप्तरीबाट हिँड्दै जेठ ९ गते काठमाडौं आइपुगेका थिए।

त्यही रित्ता बाल्टिन अगाडि राखेर सरकारसँग पानी माग्दै उनीहरूले माइतीघरमा धर्ना दिएका छन्।

रित्ता बाल्टिनसँगै नेताहरूको तस्बिरसमेत राखेका छन्।

नेताहरूको तस्बिरमाथि ‘लापता’ लेखिएको छ भने तल ‘तपाईं कहाँ, हामी यहाँ’ उल्लेख गरिएको छ।

चुरे अतिक्रमण र फडानी गर्दा आसपासका जिल्लाहरूमा पानीको मुहान सुकेको र त्यहाँको जनताले पानी पिउन नपाएको ब्यथा काठमाडौंलाई सुनाउन आइपुगेपनि चुरे संरक्षणको नाउमा ठुल्ठूला भाषण गर्ने नेताहरू नभेटिएको उनीहरूले बताए।

वन हराभरा हुँदा सुनसरी, सप्तरी, सिराहा, महोत्तरी, मोरङका जिल्लाहरूमा पानीको कुनै समस्या थिएन। अहिले त्यहाँका स्थानीयहरूले पिउने पानी समेत अभाव भएको उनीहरू बताउँछन्।

गत ९ जेठमा उनीहरू २५ दिन हिँडेर काठमाडौं आइपुगेका थिए।