Breaking News

दरबारमार्ग स्थित क्यासिनो प्यालेसमा राजस्व अनुसन्धान विभागले छापा

काठमाडौँ । दरबारमार्ग स्थित क्यासिनो प्यालेसमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । सो क्रममा विभागको टोलीले क्यासिनोबाट १ करोड ५ लाख बरामद गरेको छ ।

विदेशी मुद्राको अवैध कारोबार गरेको सूचनाको आधारमा छापा मारिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्र बहादुर बुढाले रातोपाटीलाई बताए । क्यासिनोले नेपाली रुपैयाँ पनि सङ्कलन गरिरहेको भेटिएको छ ।
अनुसन्धानका लागी क्यासिनोको सेफ र लकर पनि विभागले नियन्त्रणमा लिएको छ ।