आफूले घटनाको सत्यतथ्य सार्वजनिक होस् भनि छानबिनको माग गर्न खोज्दा तथ्यलाई बंग्याउने प्रयत्न भएको हो

जनार्दन शर्मा (प्रभाकर) , सांसद नेकपा

१४, जेठ, काठमाडौं । रुकुम पश्चिमका संघीय सासद तथा नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्नु भएको छ ।

सो क्षेत्रबाट निर्वाचित सांसद समेत रहेका शर्माले संघीय संसदमा त्यहाँको सम्पूर्ण विवरण राख्दै गर्दा केही सांसदहरुले होहल्ला गरी भनाइ राख्न अवरोध गरेको बताएका छन् । आफूले घटनाको सत्यतथ्य सार्वजनिक होस् भनि छानबिनको माग गरेको तथ्यलाई बंग्याउने प्रयत्न भएको हो ।

मैले संसदमा त्यहाँको सम्पूर्ण विवरणसहित सभामुखसँग समय मागी बोल्न लाग्दा केही सांसदहरुले होहल्ला गरी मलाई बोल्न नदिने काम भयो । मैले मेरा सम्पूर्ण भनाइ राख्नबाट बन्चित भएँ’, आज साँझ जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘मैले बोलेको स्पष्ट भनाइ हुँदाहुँदै तोडमोड गरी राजनीतिकरण गर्ने प्रयास भएको छ । सबैमा आग्रह गर्न चाहन्छु कि घटनाको सत्य तथ्य सार्वजनिक होस् भनि छानबिनको माग गरेको तथ्यलाई बंग्याउने काम भएको छ ।

उनले आफ्नो राजनीतिक जीवनको सबैभन्दा ठूलो उद्देश्य नै उत्पीडित वर्गका पक्षमा खडा हुने भएको स्पष्ट पार्दै उनले अपराधीलाई कारबाहीको साथै राज्य पूर्ण उत्तरदायी भएर जानुपर्नेमा जोड दिनु भएको छ ।

शर्माले घटनाको छानबिनमा सहयोग गर्न आफू प्रतिबद्ध रहेको भन्दै उच्चस्तरीय छानबिन संसदीय समिति बनाउन समेत माग समेत गर्नु भएको छ ।

सांसद शर्माले जारी गर्नु भएको वक्तव्य यस प्रकार छ :