Breaking News

जलजला २ दहमा दम्पतीको हत्या प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई जनालाई पक्राउ

काठमाडौँ । पर्वतको जलजला २ दहमा एक दम्पतीको हत्या प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले दुई जनालाई पक्राउ गरेको छ । ब्युरोले हत्या भएको लामो अनुसन्धानपछि ती दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतका कृष्ण बिक र दीपक परिवार रहेका छन् । सिआईबी ले विकलाई म्याग्दीबाट र परिवारलाई पोखराबाट पक्राउ गरिएको बताएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसपी होबिन्द्र बोगटीका अनुसार हत्यापछि लुटपाट भएको सुनसहित उनीहरूलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

जलजला गाउँपालिका–२ स्थित मल्लाज दहमा करिब ३९ दिन अघि चैत १९ गते राती एक्लो घरमा दुई दम्पती मात्र भएको मौका छोपी निर्मम तरिकाले हत्या गरिएको थियो । ६८ वर्षीय सूर्य बहादुर जिसी र उनकी श्रीमती ६५ वर्षीया गमला जिसी घरभित्रै मृत अवस्थामा भेटिएका थिए ।

मृत दम्पतिको घाँटी र टाउकोमा चोट लागेको थियो भने धारिलो हतियार र दाउराको चिरपटले प्रहार गरेर हत्या भएको अवस्थामा विहानपख फेला परेक थिए । अपाराध गर्ने अभियुक्तहरुले लुटपाटको उद्देश्यले नै दम्पतिको हत्या भएको प्रहरी अनुसन्धानमा निष्कर्ष निकालिएको छ ।

लेखक : कृष्णबहादुर कार्की