बैशाख-१६, पर्वतको जलजला गाउँ पालिकाको आयोजनामा बन डढेलो तथा जोखिम ब्यबस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । (आज ) आइतबार गाउँपालिकाको कार्यालय लामाखेतमा जलजला गाउँकार्यपालिकाका पदाधिकारीहरू, सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष र सचिव तथा डिभिजन वन कार्यालय पर्वतका कार्यालय प्रमुख र कर्मचारीहरू विच वृहत अन्तरकृया कार्यक्रम गरिएको हो । जलजला गाउँपालिका भित्रका ५९ वटा सामुदायिक बन उपभोक्ता समितिका प्रतिनिधिहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले उठाएका प्रश्नहरुको जवाफ बन कार्यालयका प्रमुख सापकोटाले दिनुभएको थियो। कार्यक्रममा १२ जना सहभागीले बनसंग सम्बन्धित सवाल उठाएका थिए । अधिकांश सामुदायिक बनका पदाधिकारीहरुले बन ऐनको जटिलता, व्यक्तिगत जग्गामा बढेको बनका कारण सामुदायिक बनलाई परेको अफ्ठ्यारो, बन्य जन्तुले पुर्याएको क्षतिपूर्ती समयमा प्राप्त गर्न नसक्नु, राहत उद्दार कार्यमा खटिने ब्यक्तीलाई सामाग्रीको ब्यबस्था नहुनु, वन ऐन कडा भएको जस्ता सवाल उठाएका थिए । साथै सहभागीहरुले बन कार्यालयका कर्माचारीलाई इंगित गरेर कर्मचारीको कार्यकुशलता,जवाफदेहिता र सेवा प्रवाह सम्बन्धि सवाल समेत गरेका थिए ।
कार्यक्रममा बन संरक्षण र विपद ब्यबस्थापन सम्बन्धमा योजना माग, सामुदायिक बनमा पानीको श्रोत कायम राख्न र बन्यजन्तुलाई पिउने पानीको लागी पोखरी निर्माण साथै बन पैदावारको प्रयोग सम्बन्धमा समेत छलफल र अन्तरक्रिया भएको थियो ।
कार्यक्रम बाताबरण तथा बिपत ब्यबस्थापन समितिका संयोजक वडा नं ५ का अध्यक्ष तिलक बहादुर जिसीको अध्यक्षता, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत फणिन्द्र प्रसाद आचार्यको स्वागत र संचालन जलजला गाउँ पालिकाका सुचानाधिकारी भेषनाथ आचार्यले गर्नुभएको थियो ।
जलजला अनलाइनबाट