इलाम २ को उपचिर्वाचनमा अहिलेसम्म २२ प्रतिशत मत खस्यो

१५ वैशाख, इलाम । इलाम २ को उपचिर्वाचनमा अहिलेसम्म २२ प्रतिशत मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बिहान ११ बजेसम्म २२ प्रतिशत मतदान भएको बताए ।

विभिन्न केन्द्रहरुमा कुनैमा २० त कुनैमा २४ प्रतिशतसम्म मत खसेको बताइएको छ ।

इलामको दिउँसोको मौसम धेरै गर्मी नहुने देखिएपछि अधिकांश मतदाता दिउँसो मत हाल्न मतदान केन्द्रमा जाने आंकलन गरिएको छ ।

इलाम-२ मा सुवास नेम्वाङको निधन भएपछि प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।