Breaking News

जलजलामा दुईदिने क्षमता अभिवृद्धी तालिम संचालन

कृष्णबहादुर कार्की

पर्वत,बैशाख १२ । पर्वतको जलजला गाउँपालिका जनप्रतिनिधि, कर्मचारी र टोल विकास संस्थाका प्रतिनिधिहरुको क्षमता अभिवृद्धिका लागि हिजोबाट तालिम दिन थालिएको छ ।

तालिममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुखप्रशासकीय अधिकृत, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, सामाजिक विकास शाखाका कर्मचारी, वडा सचिवहरु तथा पालिकाभित्रका ९ वटा टोल विकास संस्थाका संयोजक र सह संयोजक तथा सामाजिक परिचालकहरु समेत गरी ५२ जना सहभागि रहेकाछन ।

वस्ती तहमा सामाजिक काम गर्ने साझा संस्थाको रुपमा स्थापित टोल विकास संस्थाहरु मार्फत गाउँपालिकाले संञ्चालन गरेका सामाजिक विकासका कार्यक्रमहरु प्रभावकारी कार्यान्ययन गराउने उद्देश्यले यो तालिम आयोजना गरिएको जलजला गाउँपालिका अध्यक्ष राजु आचार्यले कदर न्युजलाई बताए ।

बुधवारदेखी सुरु भएको तालिममा पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखा टोल विकास संस्था हेर्ने फोकल पर्सन रविन्द्र अधिकारी र सोही कार्यालयकी सामाजिक परिचालन फोकल पर्सन इन्दीरा न्यौपानेले सहहजीकरण गरिरहेको प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र आचार्यले बताए ।

लेखक : कृष्णबहादुर कार्की