कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणमा नेपालमा

काठमाडौँ । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपालको दुई दिने भ्रमणको क्रममा काठमाडौँ आएका छन् । उनी आज अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।

उनलाई विमानस्थलमा सेनाको सलामीसहित सम्मान गरेको थियो ।

कतारी राजालाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमा पुगेका थिए । बङ्गलादेशको भ्रमणमा रहेका अमिर त्यहाँको कार्यक्रम सकेर काठमाडौँ आएका हुन् । अमिरले आजै साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलसँग भेटघाट गरी अमिर शेख सोल्टी होटेल पुग्नेका थिए । सोल्टी होटेलमा विभिन्न भेटघाट हुनुका राष्ट्रपति पौडेलले उनको सम्मान रात्रिभोजको आयोजना समेत गरिएको छ।

सो रात्रिभोजमा नेपालका मन्त्री, नेता, व्यापारीहरू पनि सहभागी छन्।

भोली बुधवार १०ः३० बजे प्रधानमन्त्री प्रचण्डसँग द्वारिका होटेलमा भेटघाटको कार्यक्रम तय भएको छ । त्यहाँ दुई पक्षीय वार्ता हुनुको साथै केही सम्झौता पत्रमा हस्ताक्षर हुने पनि बताइएको छ । प्रधानमन्त्री प्रचण्डले अमिर शेखको नाममा त्यहाँ दिवा भोजको आयोजना गर्ने कार्यक्रम रहेको छ ।

कतारका राजा अमिर शेख भोलि साढे दुई बजे काठमाडौबाबट फर्किने कार्यक्रम रहेको छ ।