एमाले अध्यक्ष केपी शर्मा ओलीमा अझै व्यक्तिवाद हावी

अध्यक्ष माधवकुमार नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीमा अझै व्यक्तिवाद हावी भएको बताए । उनले ओलीको नाममा खेलकुद प्रतियोगिता गरेकामा असन्तुष्टि जनाएका छन् ।

पार्टीको कोशी प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेपालले ओलीमा व्यक्तिवाद भएकाले आफ्नै नाममा खेलकुद प्रतियोगिताहरु गरेको टिप्पणी गरेका हुन् ।

‘एउटा पार्टी छ, जसले आफ्नो नेताको नाममा प्रतिष्ठान खोलिदिएको छ । आफ्नै नेताको नाममा खेलकुद प्रतियोगिता गरिदिएको छ । ज्युँदै फेरि । पुष्पलालको नाममा भएको भए राम्रै हुन्थ्यो । मनमोहनजीको नाममा भएको भए गज्जबको राम्रो हुन्थ्यो । मदन भण्डारीको नाममा भएको भए क्यावातको कुरा हुन्थ्यो ।

नेकपा एमालेको खेलकुद संगठनले केपी ओली कप फुटबल र केपी ओली कप क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो । अध्यक्ष नेपालले २० वर्ष अझै पार्टीको नेतृत्व गर्छु भने पनि ओलीलाई चुनौती दिनेहरु नजन्मिएको दाबी गरे ।

ओलीले पार्टीमा धेरैलाई मानमर्दन गरेको नेपालले बताए । ‘समाजमा सम्बन्धहरु किन बिग्रन्छन् ? किनभने व्यवहार गर्न
नजानेर । अहंकार बोकेर । अरुको मानमर्दन गरेर । अनि अरुलाई दास सरह व्यवहार गरेर ।