विराटनगरको रानीमा दुई पक्षबीच तनाव सिर्जना हुँदा प्रहरीले हवाई फायर

विराटनगर । विराटनगर रानीमा तनाव सिर्जना भएको छ । प्रहरीका अनुसार एक समूहले निकालेको र्‍यालीलाई अर्को समूहले अवरोधको प्रयास गरेको थियो ।

अवरोधपछि तनाव सिर्जना भएको मोरङका प्रहरीले बताएको छ । भीड नियन्त्रणका लागि प्रहरीले केही सेल अश्रुग्यास तथा हवाई फायर गरेको छ ।