सुदूरपश्चिमको राजनीति एकाएक उल्टियो : मुख्यमन्त्रीमा एकीकृत समाजवादीले दाबी पेश गर्ने

काठमाडौं । सुदूरपश्चिमको राजनीति एकाएक उल्टिएको छ । आज काठमाण्डौमा भएको सत्ताधारी दलको बैठकको निर्णयपछि एकीककृत समाजवादी सुदूरपश्चिमले केही दिन अघि नाउपाका लक्ष्मण किशोेर चौधरीलाई दिएको ममर्थन फिर्ता लिदै आफ्नै नेतृत्वमा सरकार बनाउने सहमति भएपछि नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री लिन तयार भएको हो ।

नाउपाका सांसदहरूले दाबी छोड्न तयार भएपछि सत्तागठबन्धनले एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने सहमति गरेका छन् ।

यसअघि नाउपाभित्रैबाट कैलास चौधरी र लक्ष्मण किशोर चौधरीले छुट्टा छुट्टै दाबी पेश गरेपछि मुख्यमन्त्री चयन प्रक्रिया रोकिएको थियो । एउटै पार्टीबाट दुईवटा दाबी पेश भएपछि प्रदेश प्रमुख नजिर मिया कानुनी परामर्शमा थिए ।

तर, आज दिउँसो नाउपासँगै नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र स्वतन्त्र सांसदसहित बसेको बैठकमा सहमति जुटेको हो ।

अब नयाँ सहमतिबारे प्रदेश प्रमुखलाई जानकारी दिइने छ ।

अब प्रदेश प्रमुखले फेरि मुख्यमन्त्रीका लागि दलहरूलाई आह्वानको सूचना दिनेछन् ।