खाएको कुरा नपचेर हैरान हुनेहरुले घरमै यस्ता प्रयास गर्न सकिन्छ

एजेन्सी । खाएको कुरा नपचेर हैरान हुनेहरुले घरमै यस्ता प्रयास गर्न सक्नेछन् ।

-अदुवाको एउटा टुक्रामा केही थोपा कागतीको रस र अलिकति बिरे नुन मिसाएर खाने ।

-पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस आदि मिसाएर बनाएको ताजा अचार खानासँग खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ ।

-मनतातो पानीमा मह र कागतीको रस मिसाई खाली पेटमा खाने गर्नाले अपचको समस्या क्रमशः कम हुँदै जान्छ ।

-खाना राम्रोसँग पच्दैन भने खाँदाखेरि धेरै चपाएर खाँदा पाचन राम्रो हुन्छ ।

-पाचन बलियो नहुनुको मतलब तपाईंको कलेजो त्यति स्वस्थ छैन । त्यसैले मजिराजन्य पदार्थ छुँदै नछुनुस् । पाचन प्रणालीका लागि यो विषतुल्य हुन्छ । गाँजर, चुकन्दर, सागसब्जी र फलफूलजस्ता कलेजोलाई स्वस्थ बनाउने खाना हरेक दिने खाने बानी बसाल्नुपर्छ ।

-पाचनशक्ति कमजोर हुनेहरूको शरीरमा पानीको मात्रा कम हुन्छ । यसले पाचनक्रियालाई समेत असर गर्ने भएकाले पानी प्रशस्त पिउने गर्नुपर्छ ।

-बढी तनाव लिएमा पनि पेट ढुस्स फुल्ने, खाएको नपच्ने आदि हुन्छ । तनावले मन र दिमागलाई मात्र होइन, पाचनलगायत शरीरका समग्र प्रणालीलाई नै असर गरेको हुन्छ । त्यसैले तनाव कम गर्न योग, प्राणायाम, ध्यान आदि गर्ने बानी बसाल्नुपर्छ ।

-आयुर्वेद चिकित्सकको सल्लाहमा घ्यूकुमारीको जुस खाने गर्नुहोस् ।

-अमला खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ ।