दाङ र पूर्वी रुकुममा गरी १८ जना कोभिड–१९ का संक्रमित थपिए

जेठ १४, काठमाण्डौ । कोरोना भाइरसका संक्रमित थपिने क्रममा दाङमा थप १५ जना र पूर्वी रुकुममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा २ महिला र १६ पुरुषसहित जम्मा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिष्ठानले निकालेको सूचनामा उल्लेख भएअनसार, दाङको घोराही उपमहानगरपालिका वडानम्बर १८ मा २४, २५, ४० र ४२ वर्षका व्यक्तिमा कोरोना देखिएको छ ।

यस्तै, लमही नगरपालिका वडानम्बर १, २, ४, ५ र ६ नम्बर वडाका नागरिकमा पनि कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । उनीहरु लमहीकै क्वारेन्टाइनमा
छन् ।

यसैगरी पूर्वी रुकुमको पुथाउत्तरगंगा गाउँपालिका वडानम्बर १४मा १५, १८, २३ वर्षका पुरुष तथा १५ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको प्रतिष्ठानको सूचनामा उल्लेख छ ।