माइती घर गएकी एक महिलाको हत्या

काठमाडौं । धनुषामा एक महिलाको हत्या भएको छ । हंसपुर नगरपालिका– ७ घर भएकी ५५ वर्षीया शुभदेवी मण्डलको शव हत्या भएको अवस्थामा धनुषाकै सहीदनगरमा फेला परेको हो ।

सहिदनगर नगरपालिका–४ ननुपट्टीमा रहेको माइती घर गएकी उनी हिजो साँझ ७ बजेदेखि बेपत्ता भएकी थिइन् । तर, आज बिहान गहुँ खेतमा विभत्स अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

शव फेला परेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय धनुषा प्रहरीले तालिम प्राप्त कुकुरको सहयोगमा घटनाबारे अनुसन्धान थालेको छ ।

मण्डलको शरीरका विभिन्न भागमा गहिरो घाउचोट देखिएको छ । कुकुरले सुरुमा शव हेरेपछि मात्रै थप अनुसन्धान प्रक्रिया अघि बढाइने प्रहरीले बताएकोे छ ।