बाग्लुङ र हेटौडागरी ७ जना कोरोना संक्रमित थपिदा बीरगंजमा २१ जना कोरोना मुक्त भएका छन्

जेठ १४, काठमाण्डौ । मंगलबार बाग्लुङका ६ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

बडिगाड र तमानखोलाका वासिन्दा रहेका उनीहरूमा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी गौलौचन सैंजूले जानकारी दिएका छन् ।
सबै संक्रमित भारतबाट आएको खुलेको छ ।

सैंजूले उनीहरू भारतबाट आउनेबित्तिकै सम्बन्धित पालिकाहरूको क्वारेन्टिनमा बसेका
थिए ।

बुधबार बिहानै हेटौंडाकी २५ वर्षीया युवतीमा पनि संक्रमण पुष्टि भएको हो ।

उनी गत जेठ ९ गते चितवनबाट हेटौंडा पुगेकी थिइन् ।

अहिलेसम्म संक्रमणबाट निको हुनेको संख्या १ सय ७६ पुगेको छ ।

मंगलबार राति मात्र वीरगन्जमा उपचाररत २१ जना संक्रमित डिस्चार्ज भएका छन् ।

योसँगै कोरोना संक्रमितको संख्या ७ सय ९० पुगेको छ ।