Breaking News

एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आज नेपालले मलेसियासँग खेल्दै

काठमाडौं । एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आज (शुक्रबा)देखि ओमानमा सुरु हुँदैछ । प्रतियोगिताको पहिलो दिन नेपालले मलेसियासँग खेल्दैछ । आजै अर्को खेल कतार र हङङबिच हनेछ ।

वैशाख ९ गतेसम्म सञ्चालन हुने प्रिमियर कपको दोस्रो संस्करणमा १० टोली सहभागी छन् । प्रिमियर कपको पहिलो संस्करणको उपाधि नेपालले जितेको थियो । गत वर्ष घरेलु मैदानमा फाइनलमा नेपालले यूएईलाई सात विकेटले हराएको थियो ।

नेपाली टोली भारतमा त्रिकोणात्मक शृँखला खेलेर उतैबाट ओमान प्रस्थान गरेको छ । भारत भ्रमणका क्रममा नेपाली टोलीले त्यहाँको राज्यस्तरीय क्लब गुजरात र बरोडासँग त्रिकोणात्मक टी–२० शृँखला खेलेको थियो । शँुखलाको उपाधि नेपालले जितेको थियो ।

एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले सहभागीता जनाउँदै छन् । सन् २०२३ को एसिया कपमा नेपाल समूह ‘ए’ मा परेको थियो । नेपालको समूहमा विश्व क्रिकेटका दुई प्रतिद्वन्द्वी भारत र पाकिस्तान पनि थिए ।

एसीसी प्रिमियर कपको आगामी संस्करण नेपालका महत्त्वपूर्ण छ । एसीसी प्रिमियर कपको आगामी संस्करणले यसै वर्षको जुनमा अमेरिका र वेस्ट इन्डियामा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीलाई पनि सहयोग पुर्याउने छ ।
यसपटक एसीसी प्रिमियर कपमा सहभागी हुने अर्को एक राष्ट्र ओमानले पनि टी–२० विश्वकपमा सहभागिता जनाउँदै छ ।

नेपालसहित आठ राष्ट्र एसोसिएट्स सदस्य राष्ट्रहरूको आईसीसी वरीयताका आधारमा प्रतियोगितामा छनोट भएका हुन् । बाँकी दुई राष्ट्र साउदी अरेबिया र कम्बोडिया भने एसीसी पुरुष च्यालेन्जर कपबाट एसीसी प्रिमियर कपमा छनोट भएका हुन् ।
यसपटक एसीसी प्रिमियर कपमा नेपालसँगै हङ्कङ, मलेसिया, साउदी अरेबिया र कतार समूह ‘ए’ मा परेका छन् ।

प्रतियोगिताको समूह ‘बी’मा बहराइन, कम्बोडिया, कुवेत, आयोजक ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् ।
प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल शुक्रबार मलेसियासँग खेल्नेछ ।