दक्षिण कोरियाको संसदीय चुनावमा विपक्षी गठबन्धनले जित हासिल

२९ चैत, काठमाडौं । दक्षिण कोरियाको संसदीय चुनावमा विपक्षी गठबन्धनले जित हासिल गरेको छ ।

बुधबार ३०० सिटका लागि भएको निर्वाचनमा विपक्षी नेता ली जे–म्युङ्ग नेतृत्वको डेमोक्रेटिक पार्टी (डीपी)सहितको गठबन्धनले १७५ सिट जितेको कोरियाका मिडियाहरुलाई उद्धृत गर्दै समाचार एजेन्सी एपीले जनाएको छ । यसैगरी राष्ट्रपति यु सुक येओलको पिपुल पावर पार्टी (पीपीपी)ले १०९ सिट जितेको छ ।

दक्षिण कोरियामा बुधबार भएको निर्वाचनमा ६७ प्रतिशत भोट खसेको थियो । यो ३२ वर्षयताको सबैभन्दा धेरै हो । बिहीबार बिहान ६ बजेसम्म ९९ प्रतिशत मतगणना भइसकेको छ ।

विपक्षी पार्टीले सबैभन्दा धेरै सिट जिते पनि एकल बहुमत हासिल गर्न भने सकेको छैन ।