रुकुम पश्चिममा जातीय झडपको घोरभत्र्सना गर्दै दोषीमाथि कडा कारवाही माग गर्दछौ

 नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)

संसारका मजदूरहरु एक हौं ! माक्र्सवाद–ललिनवाद–माओवाद जिन्दावाद !                                                                                  मिति : २०७७/२/१४

  नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)
जिल्ला संगठन समिति, जाजरकोट

प्रेस वक्तब्य

प्रेम संबन्धको विषयलाई लिएर रुकुम जिल्लाको चौरजारीमा तिन युवकको विभत्स हत्या गरिएको छ. विगत एक डेढ वर्ष देखि नै भेरी नगरपालिका वडा नं. ४ रानागाउँका नवराज वि.क. र चौरजारी नगरपालिका वडा नं. ८ सोती बस्ने बिर बहादुर मल्लकी छोरी सुक्ष्मा मल्लका विचमा प्रेम सम्बन्ध चलिरहेको कुरा खुलेको छ । तत्पश्चाच मिति २०७७ जेष्ट १) गतेका दिन जाजरकोट जिल्लाबाट चौरजाहारी केटी पक्षको गाउँमा केटी लिने भनेर गएका करीव १९ जना युवाहरु केटी पक्षको घरमा पुगेपछि केटीको आमाले कराएपछि गाउँलेहरु आएर अचानक झडप हुन पुगेको कुरा स्थानीय श्रोतबाट जानकारी भएको छ. उक्त झडपमा केटी पक्षेले प्रेम गर्ने केटा भेरी नगरपालिका वडा नं. ४ बस्ने मुहान वि.क. को छोरा नवराज वि.क., चौरजारी नगरपालिका वडा नं. १ निवासी सुरेन्द्र विश्वकर्माको छोरा टिकाराम विश्वकर्मा र भेरी नगरपालिका—४ का गणेश बुढामगरको विभत्स हत्या गरिदिएका छन् । बाँकी केटासँग केटी ल्याउन गएकाहरु हताहत भई भागेर जाजरकोट पुगेको छन् भने संगै गएका भेरी नगरपालिका वडा नं. ४ का सन्जु वि.क. तथा भेरी नगरपालिका वडा नं. ११ का लोकेन्द्र सुनार र गोविन्द शाही बेपत्ता अवस्थामा रहेको कुरा स्थानीय पत्रपत्रिकाहरुले छापेका छन ।

युगौं देखि नेपालमा चलिआएको जातीय विभेदका विरुद्दमा ठुलाठुला लडाई र सहासपूर्ण बलिदानीबाट नेपालको कानूनमा जातीय भेदभाव अक्षरस पटक पटक हटाईए पनि ब्यवहारमा भने जस्ताको तस्तै रहेको पाईन्छ । विश्व रुडीवाद, अन्धविश्वास र जातीय विभेदबाट मुक्त भएर समानताको संजालमा जेलिदै विकासको उचाई चुम्न मच्चिरहेको यस परिप्रेक्षमा हाम्रा नेपालका कुना कन्दरामा भने यस्ता खालका छुवाछूत र जातीय विभे अवस्थामा नेपालको कानुनका पहरेदार प्रहरीहरुले गरेको एकतर्फी र अन्यायपूर्ण सहमतिको परिणाम यो घटना हुनपुगेको अनुमान गरेका छौं दका घटित घटनाहरु प्रयाप्त मात्रामा घटेको पाईन्छ । कतै पानी छोएको विषय हुन्छ, कतै घर भित्र पसेको त कतै देवता छोयको आदिईत्यादी विषयहरुबाट दलित माथि गैरबरावरी र जातीवादीहरुको दवदवा फैलिएकै देखिन्छ । यस्तै प्रबृत्तिको एक ज्वलन्त उदाहरण बनेको विभत्स हत्या काण्ड । नेपाल सरकारले अन्तरजातीय विवाहलाई उत्प्रेरित गर्नका लागि पुस्कार वितरण गरिरहेको यस अवस्थामा सामाजिक रुपमान्तरणको  नभएको अनुमान गरेका छौं । उक्त घटना प्रति घोर भत्सर्ना गर्दै दोषीलाई आवश्यक कारवाही होस र विपत्ताहरुको खोजी गरियोस भन्ने जोडदार माग गर्दछौं ।

 

संयोजक
राम बहादुर बुढा ‘राजन’