सुनको मुल्यले लगातार रेकर्ड तोड्दै

काठमाडौँ । सुनको मुल्य लगातार उकालो लागिरहेको छ । विश्व बजारमा सुनको भाउ प्रतिऔंस २ हजार ३६४ डलरसम्मा आएको छ । योसँगै लगातार एक सातादेखि सुनको मुल्यलेले कीर्तिमानी गरिरहेको छ । आज दिउँसो २ बजेसम्म प्रतिऔंस २ हजार ३५३ डलर ९३ सेन्टमा कारोबार भइरहेको छ।

आज सुन प्रतितोला एक लाख ३६ हजार आठ सय रूपैयाँमा कारोबार भएको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा पाँच सय रूपैयाँ बढी हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाउने आशामा सुनको भाउ बढाइरहेको छ । सुन र ब्याजदर अनि अमेरिकी डलरबिच विपरीत सम्बन्ध रहेको मानिन्छ । महँगी बढ्दा सुनको मूल्य पनि बढ्ने ऐतिहासिक तथ्याङ्कहरूले पनि देखाएका छन् ।