Breaking News

एमाले नेता महेश बस्नेतविरुद्ध हुलाक माफृत् जबरजस्ती करणी गरेको अभियोगमा किटानी जाहेरी

२५ चैत, काठमाडौं । एमाले नेता महेश बस्नेतविरुद्ध एक जना महिलाले हुलाक माफृत् जबरजस्ती करणी गरेको अभियोगमा किटानी जाहेरी दिएकी छन् ।

हुलाकमार्फत जिल्ला सरकारी वकिलको कार्यालयमा एक महिलाले बस्नेतले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएको प्रहरी स्रोतले बतायो । यसपछि सरकारी वकिलले आवश्यक अनुसन्धान गर्न भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंलाई जाहेरी पठाएको छ ।

जाहेरी आएपछि प्रारम्भिक अनुसन्धान गर्ने प्रक्रिया थालिएको काठमाडौं प्रहरीले जनाएको छ ।