निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन

निर्वाचन आयोगको आज बसेको बैठकले वैशाख १५ गते हुने उपनिर्वाचनलाई लक्षित गरी आयोगबाट मिति २०८०/११/२९ देखि २०८०/१२/०५ सम्म देशभर सञ्चालन गरिएको मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० अनुसार अन्तिम मतदाता नामावली स्वीकृति गरी आयोगको वेवसाईटमा प्रकाशन गरिएको छ।

स्वीकृत मतदता नामावली बमोजिम देशभरको विवरण अनुसार बैशाख १४ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरू मध्ये महिला मतदाता ८८,८६,२२६, पुरुष मतदाता ९२,०२,५६९ र अन्य मतदाता १८८ गरी कूल ज्ञ,डण्,८८,९८३ मतदाताको नाम अन्तिम मतदाता नामावलीमा समावेश भएको छ। यस विवरण अनुसार सबैभन्दा बढी मतदाता मोरङ जिल्लामा महिला मतदाता ३,६२,९७३ पुरुष मतदाता ३,७६,४११ र अन्य मतदाता ६ गरी जम्मा ७,३९,३९० र सबैभन्दा कम मतदाता मनाङ जिल्लामा महिला मतदाता ३,५३० र पुरुष मतदाता ३,३१९ गरी जम्मा ६,८४९ मतदाता रहेका छन्।

२०७९/९/४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८० का लागि महिला मतदाता ८८,५२,०४६, पुरुष मतदाता ९१,४९,३३५ र अन्य मतदाता १८५ गरी जम्मा १,८०,०१,५६६ मतदाता रहेकोमा हाल ८७,४१७ मतदाता थप भएका छन्। उक्त निर्वाचनमा इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा १,१५,४६७ र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं १ मा ६१,११० मतदाता रहेकोमा २०८१र०१र१५ गते हुने उपनिर्वाचनका लागि इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा ४२२ थप भई १,१५,८८९ मतदाता कायम भएका छन् भने बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं १ मा ६३८ थप भई ६१,७४८ मतदाता कायम भएका छन्।