जलजला-२ दहमा मध्यराती एक दम्पत्तिलाई कुटीकुटी हत्या

पर्वत, दह, राममन्दीर । पर्वत जिल्लाको जलजला गाउँपालिका-२,मल्लाजको दह राममन्दीरमा घरभित्रै एक दम्पतीको विभस्त हत्या भएको छ । हत्या सूर्यबहादुर जिसी र गमला जिसीको गरिएको हो । हिजो राती घर नजिकैको जंगलमा आगलागी हुँदा मृतक सूर्यबहादुर जिसीले आगलागी भएपछि जलजला-२ का वडाध्यक्ष प्रकाश घर्ती क्षेत्रीलाई फोन गरेर आगलागी भएको जानकारी गराएका थिए । वडाध्यक्षले फोन मार्फत् आगो नियन्त्रण गर्नु र म अरुलाई पनि फोन गरेर आगो नियन्त्रण गर्न भनिदिन्छु जस्ता कुराकानी भएका थिए मृतक जिसीसँग । आगलागी आफ्नो घर र परालका टौवातिर नभेटोस भन्ने हेतुले आगलागी भएकोे ठाउँमा मृतक जिसी र अन्य वरीपोरीका ४/५ जना स्थानीय जम्मा भएर राती ९ बजेसम्म गफगाफ गरेर बसी पछि आगलागी आफै नियन्णमा आएर निभ्न थालेपछि आ-आफ्नो घरमा सुत्न गएका थिए । यसरी घरमा आएर सुतेका दम्पत्तिलाई एक समूहले हमला गरी विभत्सक हत्या गरिएको थियो ।

No description available.

दिनभरीको अनुसन्धान पछि मृतक दम्पतीको शव पोष्टमार्टसका लागि बेनी अस्पतालमा राखिएको छ ।

हिजो राति भएको सो विभत्सक हत्यामा जिल्ला प्रहरी कार्यालय पर्वत र गण्डकी प्रदेशबाट खटिएको अनुसन्धानको टोलीको अनुसन्धानमा, मुचुल्का उठाएर शवलाई साँझपख पोष्टमार्टमका लागि बेनी अस्पतालमा पठाइएको जलजला गाउँपालिका वडा नम्बर-२ का वडाध्यक्ष प्रकाश जिसीले बताए।

घटनाको विस्तृत विरण आउन सकेको छैेन । अभियुक्तहरु को हुन भन्ने अझै पत्ता लगाउन सकिएको छैन । तर पनि घटनास्थलको अनुसन्धानमा प्रहरीको टोली जुटिरहेको छ । प्रहरीको टोली विहान साढे ८ बजेदेखि साँझ ६ बजेसम्म घटनास्थलमै रहेको थियो ।

No description available.

घटनामा संलग्न अभियुक्तको पहिचानका लागि नेपाल प्रहरी केनाइन गण्डकी प्रदेशबाट ल्याइएको तालिमप्राप्त कुकुरको समेत प्रयोग गरिएको छ । घटनास्थलदेखि कुकुरलाई विभिन्न क्षेत्रमा पुर्याइएपनि घटनामा संलग्न अपराधिको पहिचान नहुदाँसम्म गोप्य राख्ने प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय म्याग्दी, गलेश्वरमा रहेको शसस्त्र प्रहरी बलको टोली समेत पुगेको थियो ।

हत्याको कारण तथा संलग्नको खोजीकार्यलाई तिब्रता दिइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। घटना राती भएपनि आफन्त र घरपरिवारले विहान मात्र थाहा पाएका थिए । एक्लो घरमा दुई जना दम्पत्ति मात्र बस्ने गरेका थिए । बेनीको अस्पताल चोकमा फेन्सी सफल गरेर व्यावसाय गर्दै आएका जेठो छोरा रबिन जिसीले  बिहान ८ बजे घरमा रहेका बुवा आमालाई फोन गर्दा नउठेपछि उनले नजिकैका छिमेकीलाई फोन गरेर बाआमाको फोन किन उठेन भनेर बुझ्न पठाउँदा आफन्तले घरको ढोकामा ताल्चा लगाएको र कोठमा गाईवस्तु कराई रहेको बताए पछि उनी सिधै घरमा पुग्दा घरको ढोकामा ताल्चा लगाएकोे थियो । तर छोरा जिसीले बाआमालाई बोलाए तर नबोेले पछि उनले ताला लगाएको ढोकालाई लात्तिले हानेर फोर्दा बाआमा मृत अवस्थामा रगतको खालमा देखेपछि उनी मुर्छा परेका थिए । त्यसपछि उनले र जम्मा भएका आफन्तले प्रहरीलाई खवर गरेका थिए ।

No description available.

सो घटनाको अनुसन्धान र छानबिन गर्न पर्वतका प्रहरी प्रमुख डिएसपी खुमलाल भुसालको नेतृत्वमा प्रहरी घटनास्थलमा पुगेको थियो । मृतक जिसीका २ छोरा वैदेशिक रोजगारीको क्रममा कोरिया र एक छोरा म्याग्दीको बेनीबजारमा फेन्सी पसल गर्दै आएका छन्।

हत्याको परिघटना हेर्दा रहस्यमय देखिन्छ। प्रहरीलाई अनुसन्धानको बाटो पहिल्याउन समस्या हुन नदिन गण्डकी प्रदेशमा प्रहरीसँग भएका तालिम प्राप्त कुकुरले लिएर आएपछि घरको चाबी लगाएर भागेका अभियुक्तले हसिँया सहित फालेको चाबी कुकुरले भेट्टाएको छ।

घटना हेर्दा हत्यामा कम्तिमा तीन. चार जनाको भएको अनुमान गर्न सकिन्छ ।  हत्यारा मध्यराती सो घरमा पसेर मृतक दम्पत्ति माथि जाईलागेपछि आफ्नो ज्यान जोगाउन हत्यारालाई घरबाट लखेट्न वा उनीहरुको प्रतिकार गर्न खोज्दा दोहोरो हानाहान निकै समयसम्म भएको अनुमान गर्न सकिन्छ । हत्याराले मृतक दम्पत्तिलाई लाठी, ढोकाभित्रबाट गलाउने आउलो ( काठको लाठी) हसिया अन्य काठ प्रयोग गरेको देखिन्छ । हत्याराहरुले दम्पत्तिलाई हत्या गरेर पवर्त कालीगण्डकीको तिरैतिर हिडेर आई बेनी-पर्वत बौर जोड्ने झुलुङ्गे पुल तरेर गाडी चढेर भागेको अनुसन्धानमा संकलन कुकुरले संकेत गरेको प्रहरीले स्रोतले बताएको छ ।