बूढानीलकण्ठ स्कुलमा छात्रवृत्ति तथा सहुलियत शुल्कमा अध्ययनका लागि आवेदन खुला

अन्तिम मिति चैत २८ सम्म

काठमाडौं/  शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले बूढानीलकण्ठ स्कुलमा छात्रवृत्ति तथा सहुलियत शुल्कमा अध्ययनका लागि आवेदन माग गरेको छ । कक्षा ५ देखि आवसिय रुपमा निशुल्क वा सहुलियत शुल्कमा अध्ययनका लागि आवेदन माग गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत बूढानीलकण्ठ स्कुल, काठमाडौँ तथा साझेदारी कार्यक्रममा सहभागी विद्यालयहरूमा कक्षा ५ देखि आवासीय रूपमा निःशुल्क वा सहुलियत शुल्कमा अध्ययनका लागि विपन्न समुदायका जेहेनदार बालबालिकाहरूमध्येबाट छात्रवृत्तिमा छनोटका लागि आवेदन मागेको हो ।

यसका लागि चैत २८ बुधबार दिउसो १ बजेदेखि ४ बजेसम्म र २९ गते बिहान ८ बजेदेखि १० बजे सम्मा फाराम रितपूर्वक भरी बुझाईसक्नु पर्ने छ । त्यसैगरी चैत २९ गते बिहान ११ बजेदेखि लिखित परीक्षा सञ्चालन गरिने जनाएको छ ।

छात्रवृत्ति कोटा र विद्यालयको नाम

१. छनोटका आधारः वि.सं. २०७०/०१/०१ गतेदेखि २०७१ / १२ / ३० गतेसम्म जन्म भई कम्तीमा कक्षा ३ र कक्षा ४ मा अभिभावकको बसोबास भएको जिल्ला वा छिमेकी जिल्लाको सामुदायिक विद्यालयमा नियमित रूपमा अध्ययन गरी शैक्षिक सत्र २०८० मा कक्षा ४ अध्ययन पूरा गरेका छात्र – छात्रामध्ये भौगोलिक क्षेत्र तथा लक्षित समुदाय समेतको प्रतिनिधित्व हुने गरी लिखित प्रतियोगितात्मक परीक्षाको नतिजाको योग्यता क्रमका आधारमा अन्तर्वार्ताबाट विद्यार्थी छनोट गरिनेछ ।

२. फाराम बुझाउने मिति र समयः २०८० चैत २८ गते बुधवार दिउँसो १ः०० देखि ४ः०० बजेसम्म तथा २०८० चैत २९ गते बिह बिहान ८ः०० बजेदेखि १०ः०० बजेसम्म दरखास्त फाराम bnks.edu.np, cehrd.gov.np वा moest.gov.np बाट डाउनलोड रीतपूर्वक भरेर दरखास्त फाराममा तोकिए बमोजिम सिफारिस तथा प्रमाणित गराई आवश्यक कागजात सहित आफ्नो जिल्ल तोकिएका परीक्षा केन्द्रमा बुझाउनुपर्नेछ ।

३. लिखित परीक्षा मिति र समय २०८० चैत २९ गते बिहीबार बिहान ११ः०० बजे ।

४. पाठ्यक्रम – कक्षा ४ मा पढाइ हुने विषयहरू : नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक शिक्षा र सामान्य ज्ञान ४० प्रतिशत वस्तुगत र ६० प्रतिशत विषयगत ।

५. बूढानीलकण्ठ स्कुलका निमित्त खुला तथा आरक्षण सिटको सङ्ख्या : ४२ (५०% छात्रा रहने)

(क) खुला र आरक्षणतर्फ गरी एक जिल्लाबाट एक जनाभन्दा बढी नहुने गरी ४० जना विद्यार्थी छनोट गरिनेछ ।
(ख) आरक्षण सिट :लोपोन्मुख –२, दलित–४, मुस्लिम – १, मधेसी ४, जनजाति ५ र पिछडिएको क्षेत्र–२ ।
(ग) विद्यालय रहेको स्थानीय तह बूढानीलकण्ठ नगरपालिका भित्रका २ जना (एक छात्र र एक छात्रा) ।

६. साझेदारी कार्यक्रम अन्तर्गतका साझेदारी स्कुलका निमित्त उपलब्ध भएसम्म जिल्ला नदोहोरिने गरी जम्मा ७७ जना विद्यार्थी छनोट गरिनेछ । यसमा आरक्षण (दलित– ५, मुस्लिम–२, मधेसी–६, जनजाति ९, सहिद तथा द्वन्द्वपीडित परिवारका सन्तति र वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको परिवारबाट १ र छात्रा कम्तीमा २६ जना) ।

७. साझेदारी कार्यक्रमका सहभागी विद्यालयहरू :

१. शीतलादेवी माध्यमिक विद्यालय, धनकुटा
२. नवजीवन माध्यमिक विद्यालय, जुटपानी, सर्लाही
३. कुलेश्वर आवास माध्यमिक विद्यालय, कुलेश्वर, काठमाडौँ
४. बालमन्दिर माध्यमिक विद्यालय, लुम्ले, कास्की
५. जनता माध्यमिक विद्यालय, पाल्पा
६. वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालय, टीकापुर, कैलाली
८. आवेदन दस्तुर रु. १००/– (एक सय मात्र) ।