म काम गर्ने सम्भावना देखेकै कारण प्रधानमन्त्रीको पदमा बसिरहेको हुँ

प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले आज एक कार्यक्रममा बोल्ने क्रममा आफूलाई काम गर्न विभिन्न प्रक्रियागत झण्झटले काममा ढिलाइ भइरहेको बताए । तर पनि मलाई अगाडि बढ्ने सम्भावना भएकै कारण प्रधानमन्त्रीको पदमा बसिरहेको हुँ भने ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीको पदमा किन बसिरहेको छु भने अगाडि बढ्ने सम्भावना देखिएको छु । मैले अघि भने नि म अथवा अरू सङ्घीयताका लागि सङ्घर्ष गर्ने साथीहरू नभएको भए सङ्घीयता निजामती ऐन पनि संसदमा पुग्दैनथ्यो । प्रहरी समायोजन ऐन यो चरणमा पुग्दैनथ्यो । त्यही भएर अघि बढ्ने सम्भावना छ।’

कुनै पनि काम अघि बढ्न सकेन भने अर्को उथलपुथल गर्न बेर नलाग्ने बताए । ‘त्यो मैले अरूलाई भनेको होइन है । फेरि मेरै लागि मैले भन्ने गरेको छु काम गर्न सकिने अवस्था हुन सकेन भने पद ओगटेर बसिरहनु हुँदैन भनेको हुँ । आफूले पदको सुरक्षाका लागि अर्को समीकरण नबनाएको स्पष्ट गर्दै काम तीव्र गर्नका लागि नै यो गरेको बताए । सुशासन र विकास निर्माणका कामलाई गति दिन आफूले चाहेको उनको भनाइ छ । तर, अरूलाई अप्ठ्यारो पार्ने खालको उथलपुथल नचाहेको पनि प्रधानमन्त्री प्रचण्डले बताए ।