एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित

१२ चैत, सुर्खेत । नेकपा एमाले सुर्खेतको नयाँ नेतृत्वका लागि हिजो आइतबार भएको निर्वाचनमा अध्यक्ष पदमा कुलमणि देवकोटा निर्वाचित भएका छन् ।

नेता यामलाल कँडेल निकट देवकोटा निकटतम प्रतिस्पर्धी अमृतकुमार विसीलाई हराउँदै अध्यक्ष बनेका हुन् ।

अध्यक्षमा निर्वाचित देवकोटाले ३५१ मत ल्याए भने उनका प्रतिस्पर्धी विसीले १३२ मत पाए ।

यस्तै उपाध्यक्षमा मोहन सिंह बडुवाल, सचिवमा डम्बरप्रसाद तिवारी र उपसचिव (खुला) मा टिकाराम सोमै निर्वाचित भएको नेकपा एमाले सुर्खेतले जनाएको छ । यसैगरी महिला (सचिव) मा सुशीला विश्वकर्मा निर्वाचित भएकी छन् ।

उपाध्यक्षमा विजयी बडुवालले ३४६ मत पाउँदा उनका प्रतिस्पर्धी ताराकेशर गौतमले १३० मत पाए ।

सचिवमा डम्बरप्रसाद तिवारी २९१ मतसहित विजयी भए । अर्का प्रत्यासी डण्डीप्रसाद शर्माले १८९ मत पाए ।

उपसचिव खुलामा टिकाराम सोमैले ३२४ मत पाएर विजयी हुँदा अर्का प्रत्यासी हरिप्रसाद अधिकारीले १४३ मत पाए ।

महिला उपसचिवमा विजयी सुशील विश्वकर्माले ३३५ मत पाउँदा उनकी प्रतिस्पर्धी तृप्ती विकले १३३ मत पाइन् ।

सदस्य पदको मतगणना भने जारी रहेको निर्वाचन समितिले जनाएको छ ।