दाङमा मोटरसाइकललाई बसले ठक्कर दिँदा दुईजनाको मृत्यु

काठमाडौं । दाङको राजपुर गाउँपालिका–५ जंग्रहवा र नौसहराबीचको कोरियाखोलामा मोटरसाइकललाई बसले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । शनिबार साँझ गङ्गादीतर्फ जाँदै गरेको रा १ ख २३६० नम्बरको बस र मोटरसाइकल एकापसमा ठोक्किएका हुन् ।

सो दुर्घटनामा मोटरसाइकमा सवार राजपुर गाउँपालिका–५ नौसहराका प्रदीप यादव र प्रमोद यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए ।

मोटरसाइकल चालक प्रमोद यादवको घटनास्थलमै र गम्भीर घाइते भएका प्रदीपलाई लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा मृत्यु भएको हो ।