पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउगरी काठमाडौं ल्याइयो

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउगरी काठमाडौं ल्याइएको
छ । महरालाई कपिलवस्तुबाट पक्राउ गरी यती एयरलाइन्सको विमानमार्फत काठमाडौं ल्याइएको हो ।

काठमाडौँ ल्याइएसँगै उनलाई प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को कार्यालय लगेका छन् ।

रोल्पा हिडेका महरालाई आज बिहान इलेक्ट्रोनिक चुरोट (भेप) प्रकरणमा थप अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो । उनलाई म्याद थप गर्न अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।