प्रेमीकाको हत्यापछि प्रेमीले पनि आत्महत्या

मोरङ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत नर्स चन्द्रिका कुमारी दासको हत्या उनकै पूर्वप्रेमीले गरेको खुलेको छ । प्रेममा धोका पाएपछि चन्द्रिकाकाे हत्या गरी प्रेमी शिवशंकर दासले पनि आत्महत्या गरेका छन् ।

शिवशंकर दास झुन्डिएको अवस्थामा आइतबार राति विराटनगरको एक होटलमा फेला परेका छन् । चन्द्रिकाको हत्या भएको स्थान भन्दा ३ सय मिटरनजिकै फाइन होटलको कोठा नम्बर १०२ मा शिवशंकर दास झुन्डिएको अवस्थामा फेला परेका थिए । नर्स चन्द्रिका विराटनगर–४ मा रहेको डेराको बाथरुममा शुक्रबार शव भेटिएको थियो ।

सिराहा घर भएकी चन्द्रिकाको धारिलो हतियार प्रयोग गरी हत्या गरेपछि उनका दुईजना प्रेमी रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार झुन्डिएको अवस्थामा फेला परेका २२ वर्षीय शिवशंकर दास वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका थिए । मलेसिया गएपछि चन्द्रिकाको सिराहाकै एक युवासँग प्रेम सम्बन्ध गाँसिएको थियो । चन्द्रिकाको अन्य युवासँग प्रेम सम्बन्ध गाँसिएको थाहा पाएपछि उनी फागुन २७ गते नेपाल आएको प्रहरी अनुसम्नधान खुलेको छ ।

फागुन २७ गते काठमाडौं आएका उनी फागुन २९ विराटनगर आएको देखिएको प्रहरीले जनाएको छ । विराटनगर आएर उनी चन्द्रिका कुमारीको डेरामा बसेको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतमा अनुसार शिवशंकर चन्द्रिकाकाले डेरामा बस्दा अर्कैसँग प्रेममा रहेको थाहा पाएका थिए ।

विराटनगर–४ स्थित नबोल टिचिङ अस्पतालको अर्थो विभागमा चन्द्रिका काम गर्दै आएकी थिइन् । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले चन्द्रिकाको हत्या पछि शिवशंकरले आत्महत्या गरेको बताए ।

चन्द्रिकाको हत्या उनकै प्रेमी शिवशंकरले गरेको शंका लागेपछि प्रहरीले खोजी गरेको थियो । सो क्रममा शिवशंकर आइतबार राति झुण्डिएको अवस्थामा फेला परेका हुन् । चन्द्रिका र शिवशंकरको एकै ठाउँका हुन् ।