Breaking News

बहुधर्म र संस्कृतिले नै हाम्रो समाजलाई पारस्पारिक सम्मान, सहिष्णुता र सद्भावसहित अगाडि बढ्न सकिन्छ

१२ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्लिम समुदायको महान् चाड ईदका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुमकामना व्यक्त गरेका छन् ।

अध्यक्ष प्रचण्डले सबै जातीय, धार्मिक र वर्गीय समुदायमा कोरोना भाइरस (कोभिड–१९) ले समानरुपले आक्रमण गरिरहेको उल्लेख गर्दै प्रचण्डले यस महामारीविरुद्धको संघर्षमा एकताबद्ध भएर प्रतिरोध गर्न सबैमा आग्रह गरेका छन् ।

शुभकामना सन्देशमा प्रभण्डले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक भएको उल्लेख गर्दै विविधताभित्रको एकता नै हाम्रो मौलिक विशेषता र पहिचान भएको उल्लेख गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले बहुधर्म र संस्कृतिले नै हाम्रो समाजलाई पारस्पारिक सम्मान, सहिष्णुता र सद्भावसहित अगाडि बढ्न अभिप्रेरित गर्ने बताए ।

अध्यक्ष – प्रचण्ड