काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आजको संसद बैठक अवरुद्ध गरेको छ । सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग राख्दै संसद अवरुद्ध गरेको हो। आजको प्रतिनिधिसभाको बैठकको सुरुमै नेपाली कांग्रेसका सांसदहरु उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद प्रदीप पौडेललाई समय दिएका थिए ।
त्यसक्रममा सांसद पौडेलले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै त्यस्तो व्यक्ति अनुसन्धान गर्ने निकायमा बसेर कसरी अनुसन्धान हुन्छ भन्दै प्रश्न गरे ।
‘विगतका बैठकदेखि संसदमा प्रश्न उठ्दै आएको छ । तर प्रश्नको सामना गर्नुको साटो प्रधानमन्त्री भागेर हिँड्नुभएको छ’ ‘प्रधानमन्त्रीले जवाफ नदिएर डवल स्ट्यान्ड देखाउनुभएको छ ।’
अहिलेको गृहमन्त्री पहिला प्रश्न गर्ने ठाउँमा भए पनि अहिले आफूमाथि नै प्रश्न बोकेर गृहमन्त्रीका रूपमा कसरी काम गर्नुहुन्छ भनेर प्रश्न गरे ।
‘उहाँ गृहमन्त्री हुनुहुँदैन थियो, प्रधानमन्त्रीले पनि उहाँलाई गृहमन्त्री बनाउनुहुँदैन थियो । ३१ हजार सहकारीका बचतकर्ता पीडित छन् । त्यस्तै अनुसन्धानको घेराभित्र रहको व्यक्ति अनुसन्धानको मुख्य व्यक्ति हुँदा । सरकारले वित्तीय संकटलाई कसरी समाधान गर्न सक्छ रु’ उनले भने, ‘म गृहमन्त्रीलाई भन्न चाहन्छु–उच्च नैतिकताका आधारमा राजीनामा दिएर उदाहरण प्रस्तुत गर्नुस् ।