दिपेश पुनलाई काठमाडौंबाट पक्राउ परी रुपन्देही लगियो

२ चैत, काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई काठमाडौंबाट पक्राउ परी रुपन्देही लगिएको छ ।

रुपन्देहीमा उनीविरुद्ध सहकारी ठगीसम्बन्धी उजुरी परेकाले अनुसन्धानका लागि आज राति नै रुपन्देही लगिएको प्रहरी स्रोतले जनाएको छ ।

रुपन्देहीको सुप्रिम सहकारीले सर्वसाधारणको ९६ करोड रुपैयाँ बचत फिर्ता गर्न सकेको छैन । बचत फिर्ता नपाएका पीडितले दिपेशविरुद्ध पनि उजुरी दिएका थिए र उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले पनि पुनलाई कारबाही गर्न सिफारिस गरेको
थियो । तर अहिले भने उनलाई सहकारी ठगीमा अनुसन्धानका लागि रुपन्देही लगिएको प्रहरी स्रोतले जनाएको छ ।