Breaking News

मन्त्रिपरिषद् बैठकले समितिहरु गठन गरी समितिहरुको समन्वय गर्न संयोजक तोक्यो

काठमाडौं । मन्त्रिपरिषद् बैठकले समितिहरु गठन गरी समितिहरुको समन्वय गर्न संयोजक तोक्ने निर्णय गरेको छ । राजनीतिक समितिको संयोजन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् ।

आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ तोकिएका छन् । विधेयक समितिको नेतृत्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गर्नेछन् ।

प्रशासन समितिमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ तोकिएका छन् । सामाजिक समिति संयोजकमा उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई जिम्मेवारी दिइएको छ ।